शेयर बजारमा सामान्य सुधार



नेपाल समाचारपत्र, काठमाडौं।

लगातार घटिरहेको भए पनि साताको तेस्रो दिने मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार भएको छ। यस दिन नेप्से परिसूचक २.४० अंकले बढेर ११३४.७९ बिन्दुमा पुगेको छ।

कुल १५५ वटा कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर १६ करोड ५२ लाख रुपियाँमा कारोबार भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ।

मंगलबार कारोबारमा आएका समूहमध्ये होटल, वित्त, निर्जीवन र अन्य समूहमा गिरावट आएको छ भने बाँकी समूह बढेका छन्। यस दिन नबिल बैंकको शेयर कारोबार उच्च भएको छ।

केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबारमा हुँदै आए पनि मंगलबार दोस्रो स्थानमा रहेको छ।
यस दिन नबिल बैंकको एक करोड ३२ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ भने प्रभु बैंकको एक करोड ३ लाख रुपियाँको कारोबार भएको छ।

मंगलबार समग्र परिसूचकमा सुधार आएको बेलाा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको शेयर मूल्य ५.३०प्रतिशतले बढेको छ।

उता एभरेष्ट बैंकका संस्थापकतर्फका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्