आफ्नै स्कुलबसले किचेर आठ वर्षीय विद्यार्थीको मृत्यु



न्युज अफ नेपाल, ललितपुर।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ मा एक विद्यालयको बसले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । उनी एलकेजीमा अध्यानरत थिए ।

छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अहिले घटनाको स्थीती नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्