बैंकका सीईओहरूको तलब सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं।विभिन्न बैंकहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलव सुविधा सार्वजनिक गरेका छन्। विभिन्न ६ वटा बैंकले वार्षिक प्रतिवेदनमा सीईओको तलब सार्वजनिक गरेका हुन्।

प्रतिवेदन सार्वजनिक गर्ने बैंकमा बैंक अफ काठमान्डू, सानिमा बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंक रहेका छन्। प्रतिवेदनअनुसार, सबैभन्दा बढी तलब सुविधा बैंक अफ काठमान्डूले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई दिने गरेको छ।

बैंकले सीईओलाई वार्षिक २ करोड ३२ लाख ८५ हजार रुपियाँ तलव दिने गरेको जनाएको छ।
कुमारी बैंकले आफ्नो सीईओलाई २ करोड १४ लाख ६३ हजार रुपियाँ तलब दिने गरेको जनाएको छ।

एनआईसी एसिया बैंकले आफ्नो सीईओलाई २ करोड १३ लाख ६७ हजार रुपियाँ तलब दिने गरेको छ। त्यस्तै सानिमा बैंकले २ करोड ८ लाख ३९ हजार रुपियाँ तलब सीइओलाई दिने गरेको छ।

हाल सार्वजनिक भएका बैंकको प्रतिवेदनअनुसार माछापुच्छ«े र सिटिजन्स बैंकले भने आफ्ना सीईओलाई तुलनात्मक रुपमा कम तलब दिने गरेका छन्।

माछापुच्छ«े बैंकले आफ्नो सीईओलाई १ करोड १७ लाख ९८ हजार रुपियाँ तलब दिने गरेको जनाएको छ। यता सिटिजन्स बैंकले ९२ लाख १२ हजार रुपियाँ तलब आफ्नो सीईओलाई दिने गरेको छ। यी तलबमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा नजोडेको समेत बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्