नेपाल -भारतका स्थानीय तहबीच समन्वय गर्दे अघिबढ्ने समझदारी



रोशनी भट्टराई, विराटनगर ।

छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका स्थानीय तहबीच आपसी सहयोग र समन्वय गर्दे अघिबढ्ने समझदारी जुटेको छ । विराटनगरको सीमावर्ती जोगवनी नगरपञ्चायत ,फारविसगन्जका मेयर ,उपमेयर र वडा पार्षदहरुको आइतबार विराटनगर महानगरमा भएको छलफलमा सीमावर्ती स्थानीय तहबीच अनुभव आदनप्रदान तथा विकासका योजना निमार्ण तथा विद्यमान साझा समस्या समाभान गर्न समन्वय गरेर अघिबढ्ने समझदारी जुटेको हो ।

जोगवनी नगरपञ्चायतकी मेयर अनिता देवी, फारविसगञ्ज नगरपालिकाकी उपमेयर मोती खान , भारतीय जनतापार्टी जोगवनी नगर पञ्चायतका अध्यक्ष राजनन्द यादव, जोगवनी र फारविसगञ्जका विभिन्न वडाका पार्षद ,उपपार्षदहरु र विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सम्मिलित छलफलमा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तह संग समन्वय आबश्यक रहेको औल्याएका थिए । भेटबार्ता विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक वसी समाधान गर्ने ,लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने,मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमति जुटेको छ ।

यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदका वीचमा भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडी वढाउने समेत तयारी गरिएको छ । नेपाल भारतको सीमाबर्ती नगरपालिकाहरुको वीचमा भाइचारा ,सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने सहमति समेत जुटेको छ ।

कार्यक्रममा मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ता समयअनुकुल रहेको र सफल भएको बताए । उनले यसखाले कार्यक्रमले दुवैदेशका छिमेकी स्थानीयतह वीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने विश्वास पनि व्यक्त गरे ।छलफलमा सहभागी भारतीय जनप्रतिनिधीहरुले सहकार्य र समन्वय गरेर दुवै देशका स्थानीय तह अघि बढ्ने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्