अकि र इशाश्रीलाई टेनिस उपाधि



कास्की । पोखरामा आज सम्पन्न होटल ट्रेकर्स इन एशियन यू–१४ सी–२ वरियता टेनिस च्याम्पियनशीपको उपाधी पुरुषतर्फ नेपालका अकि जुवेन रावत र महिलातर्फ इशाश्री शाहले जितेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ भारतका वेद आदित्य कलिता तथा महिलातर्फ नेपालकै सुभाङ्गी लक्ष्मी शाहले द्वितीय स्थान प्राप्त गरे । प्रतियोगितामा पुरुष डबल्सतर्फ सौगात विक र निहालजङ्गबहादुर थापाको जोडी प्रथम, प्रनव मानन्धर र अकि जुवेन रावतको जोडी द्वितीय भए । महिलातर्फको डबल्समा आइसा ढोल्कर गुरुङ र इशाश्री शाहले प्रथम तथा आजा रेग्मी र सुभाङ्गीलक्ष्मी शाहको जोडी द्वितीय हुन सफल भएको सङ्घका अध्यक्ष दोर्जे लामाले जानकारी दिनुभयो ।

यही असोज २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुलाई कास्की जिल्ला खेलकूद विकास समितिका निवर्तमान अध्यक्ष सुमन देवकोटा, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका मुख्य प्रायोजक होटल ट्रेकर्स इनका सञ्चालक माधव भण्डारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्