चितवनका एसपी मल्लको कार्यकक्षमा मदिराका बोतलको खात, हेडक्वाटरको कडा निगरानी



न्युज अफ नेपाल, चितवन ।

भरतपुर चितवनका एसपी दानबहादुर मल्ल पुनः विवादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालय हाताभित्र रक्सीका दर्जनौ बोतलहरू भेटिएपछि उनी विवादमा विवादित बनेका हुन् । न्युज २४ टेलिभिजनका पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका सूर्य बराललाई रक्सीका बोतलहरूको फोटो खिचिरहेको अवस्थामा चितवन प्रहरीले आधा घण्टा नियन्त्रण लिएको बताइएको छ ।

चितवन प्रहरीले आफ्नो कार्यालय परिसरभित्रको जस्तोसुकै गतिविधि भए पनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारलाई केहीबेर नियन्त्रणमा लिएको थियो । चितवन प्रहरीको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरू देखिएपछि पत्रकारहरूले फोटो खिच्न खोजेका थिए ।

राजनीतिक इसारामा चल्दै आएका एसपी मल्ल काठमाडौंस्थित दरवारमार्ग प्रहरीको प्रमुख रहँदा गुण्डा नाइकेसँगको उठबसका कारण पनि विवादमा तानिएका थिए। उनका यस्ता हर्कतका कारण प्रहरी प्रधान कार्यालय, काठमाडौंले उनीमाथि कडा निगरानी राखेको प्रहरी निकट स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्