बस दुर्घटना



रियाद, (एजेन्सी)।पश्चिमी साउदी अरेबियाको मुस्लिमहरुको पवित्र शहर मेदिनामा एउटा बस दुर्घटना हुँदा ३५ जना विदेशी नागरिकको ज्यान जानुका साथै अन्य चारजना घाइते भएका छन्। स्थानीय समयअनुसार बुधबार सँझ सात बजे अल अखाल सेन्टरमा सो बस अर्को एक हेभि सवारी साधनसँग ठोकिएको सरकारी सञ्चार माध्यमले जनाएको छ।

ती मारिने यात्रुहरु मेदिनाबाट मक्कातर्फ तीर्थयात्रा गरिरहेका अरबी र एसियाली रहेको बताइएको छ। तिनीहरुको नागरिकता अझै खुलाइएको छैन। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस खबरप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्