प्रेम संसारको गीत सार्वजनिक



आगामी मंसिर १३ गते रिलिजमा आउने फिल्म प्रेम संसारको दोस्रो गीत सार्वजनिक सुन सुन चम्पा बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा बुगी वुगी विजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाललाई फिचरिङ गरिएको छ।

रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतको कोरियोग्राफी एकेन्द्र सारा संसारले गरेका छन्।फिल्ममा प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यमबहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन्।

सोनी फिल्म्सको ब्यानरमा बनेको फिल्म प्रेमबहादुर सुनार (गहतराज)को प्रस्तुुति, कमल सुनार र सीता सुनारको निर्माण रहेको छ भने उत्तम केसी र देवीन गहतराज कार्यकारी निर्माता रहेका छन्। राम गौतमले निर्देशन गरेको फिल्ममा अर्जुन पोखरेल र बिबी अनुरागीको संगीत, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व र दीपेन्द्र बस्न्यातको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्