सालकको खपेटासहित एक पक्राउ



काठमाडौँ । दुर्लभ वन्यजन्तु सालक र चितुवाको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा न १३ घर भएका २१ वर्षीय रोशन राना मगर रहेका छन् । मगरलाई काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा रहेको भाटभटेनी अगाडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सालकको खपेटाको कारोवार हुन लागेको भन्ने विशेष सुराकीका आधारमा अपराध महाशाखाको विशेष प्रहरी टोलीले मगरलाई खानतलासी गर्दा चितुवाको एक थान छाला र दुर्लभ वन्यजन्तु सालकको २.४ किलो खपेटासहित पक्राउ गरेको हो ।

मगरमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्