क्रस कन्ट्रीमा एपीएफ च्याम्पियन



विजय नेपाली, पोखरा।चिनियाँ पर्यटन प्रबर्दद्धन गर्न आयोजित क्रस कन्ट्री पर्वतीय दौडमा एपीएफ च्याम्पियन बन्न सफल भएको छ।एपीएफ निर्धारित दूरी ४ घण्टा १७ मिनेट २२ सेकेन्डमा पार गर्दै च्याम्पियन भएको हो।

विजेता टोलीमा सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ रहेका छन्। गोरिल्ला ट्रेल टिम एक मिनेटले (४ घण्टा १८ मिनेट २३ सेकेन्ड) पछि पर्दै दोस्रो हुन पुग्यो।

उक्त टिममा दामोदर बुढामगर, दुर्गाराज बुढा र रसिला तामाङ छन्। त्यस्तै चीनको काइनेटिक टिमले ४ घण्टा २४ मिनेट ३३ सेकेन्डमा दुरी पार गरेर तेस्रो भयो।

व्यक्तिगत ३९ किलोमीटर दौडतर्फ चीनका धावकले शीर्ष तीन स्थान हात पारे। हाङजी ३ घण्टा ३९ मिनेट २७ सेकेन्डमा, हाङ सियान फाइ ३ घण्टा ५० मिनेट १२ सेकेन्डमा र हाउ उवान वेन ४ घण्टा १ मिनेट १२ सेकेन्डमा क्रमशः शीर्ष तीनमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्