अनुरोध अस्वीकार



इस्तानवुल, (एजेन्सी)।उत्तरी सिरियामा तत्काल युद्ध विराम गर्न अमेरिकाद्वारा गरेको अनुरोधलाई बुधबार टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले अस्वीकार गरेका छन्। अमेरिकी उप राष्ट्रपति र विदेशमन्त्रीले टर्कीको भ्रमण गर्न लागेका बेला एर्दोगानको यो प्रतिक्रिया सार्वजनिक भएको हो।

कुर्दिस फौजलाई सिरियाली सीमा क्षेत्रबाट धपाउने उद्देश्यले टर्कीले आक्रमण गरेको हो। कुर्दिस फौजलाई सघाउँदै आएको अमेरिकी फौज सिरयाबाट हिँडेपछि यो आक्रमण भएको हो। सिरियालाइ समर्थन गर्दै आएको रसियाले भने तुर्केली र सिरियाली फौजबीच भिडन्त हुन नदिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्