बदलाको कथामा एक्सनको दबदबा



छायाँकारबाट निर्देशनमा डेब्यु गरेका हरि हुमागाईंको निर्देशनमा निर्माणाधीन फिल्म सरौतोको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
पहिलो गीत कुले दाइ, टिजर र दोस्रो गीत केही आधापछि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा एक्सनसँगै कथासार खुलाइएको छ।

फिल्मका लागि नायिका सुमी मोक्तानले एक्सनमा प्रशस्तै मेहनत गरेको ट्रेलरबाट प्रस्ट हुन्छ। सन्नि सिंह र खलनायकका रूपमा देखिएका लियो ट्यांकले पनि ट्रेलर हेर्नेलाई आकर्षित पार्छन्। ट्रेलरमा पुराना कलाकारहरू युवराज लामा, विजय लामा, धिरेन शाक्यको उपस्थिति पनि फिल्मका लागि बलियो पक्ष भएर उभिएको छ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन र राइजिङ फिल्म्स एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माणाधीन फिल्ममा राघवकृष्ण गौतमको लेखन, राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत, शंकर महर्जनको एक्सन, उत्तम हुमागाईंको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसमा छ भने फिल्ममा आमिर गौतम, अरूणा कार्की, सुवाङम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतले पनि अभिनय गरेका छन्।

कार्यक्रममा खानेपानीमन्त्री बिना मगर, पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, काठमाण्डू बहिरा संघकी शिला शर्मा, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाललगायतले फिल्मको सफलताका लागि शुभकामना दिएका थिए। बदलाको कथामा बनेको फिल्म आगामी कात्तिक २२ गतेदेखि अल नेपाल रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्