६ हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालयका दूई कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्रा र दुर्गाप्रसाद चौधरी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले ६ हजार घुससहित दुुई जनालाई पक्राउ गरेको छ । मोही जग्गा नामसरी गरिदिने भन्दै सेवाग्रहीसंग घुस लिएको सुचना अनुसार उनीहरु भुमिसुधार कार्यालयमा रंगेहात फेला परेका थिए ।

पक्राउ परेका दुबैजना अख्तियारको बुटवल कार्यालयको हिरासतमा रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्