आम्दानी वढेपछि मकै छाडेर टमाटरतिर किसान



कविराज नेपाल, पाल्पा ।

नेपाली भान्सामा दैनिकजसो प्रयोगमा आउने टमाटरबाट राम्रो आम्दानीका कारण पाल्पाका कृषकहरु मकै खेती छाडेर टमाटर खेतीमा लागेका छन पाल्पाका किसानहरुले व्यवसायिक रुपमा टमाटर खेतीबाट राम्रो आम्दानी लिन सफल भए पछि जिल्लामा टमाटर खेतिमा लाग्ने कृषकको संख्या वढदै गएको छ । अझ ब्यवसायिक खेतीका लागि गाउपालिकाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरे पछि गाउका एक सय पचास कृषकहरु ब्यवसायिक टमाटर खेती तर्फ आकर्षित भएका हुन ।

परम्परागत खेतीको तुलनामा टमाटर बाट दोव्वर आम्दानी हुने भएकाले कृषकहरुको लागि टमाटर खेती मुख्य नगदीवालीका रुपमा स्थापित हुन सफल भएको छ । पाल्पाका रैनादेवी छहरा, मदनपोखरा, अर्गली, बौघागुम्बा, मस्याम लगायतका गाउँमा प्रशस्त टमाटर खेती हुने गर्दछ ।
यहाबाट उत्पादित टमाटरले जिल्लाको आवश्यकता पूरा गरी छिमेकी जिल्ला रुपन्देहीका अतिरिक्त स्याङ्गजा, कास्की लगायत चितवन र हेटौडा सम्म निर्यात हुने गरेको पाइन्छ ।

पश्चिम पाल्पाको मुझुङ्ग र मैनादीका अधिकांश कृषकहरु व्यवसायिक कृषिमा लागेका कारण र टमाटरबाट राम्रो आम्दानीका कारण मकै खेती छाडेर टमाटर खेतीमा लागेका छन । यहाबाट मात्रै दैनिक आजभोली ६ टक जति टमाटर पोखरा र हेटौडा जाने गरेको स्थानीय कृषक एवम् वडाध्यक्ष समेत रहुनु भएका हुमानसिह कार्कीले वताउनुभयो ।

उत्पादित बस्तुलाई कृषि शहकारीले बजाररिकरण गर्ने लागेपछि कृषकहरु लाई थप हैसिएर र उर्जा प्राप्त भएको हो । गाउमा यातायात संञ्जाल चौतर्फी जोडिए पछि उत्पादित टमाटर पोखरा ,चितवन रुपन्देहीको बुटवल र स्थानीय बजार पाल्पामा विक्री गर्दै आएको स्थानीय कृषकहरुले बताउछन् ।

गाउपलिकाले कषकहरुको लाई ब्यवसायिक कृषितर्फ आकर्षित गराउने उदेश्यले पकेट प्याकेज क्षेत्रका रुपमा विस्तार गर्ने उदेश्यले कृषिमा बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएका छन् ।

ब्यवसायिक टमाटर खेती बाट वार्षिक रुपमा ५ लाख रुपैया आम्दानी गर्न सफल भएको स्थानीय रैनादेवीका कृषक बावुराम कार्की वताउनु हुन्छ । यहाका प्रत्येक जसो व्यवसायिक कृषकले कम्तिमा २ लाखदेखि २० लाख सम्म सिजनमा आम्दानी गर्ने गरेका छन ।

गाउपालिकाले टमाटर खेतीको पकेट क्षेत्रका रुपमा घोषण गरि कुषकहरुलाई आर्थिक प्रविधिक सहयोग गरेपछि गत वर्ष पाल्पा बाट एक करोड बराबरको टमाटर बाहिर निर्यात भएको थियो । ब्यवसायिक टमाटर खेती बाट राम्रो आम्दिनी हुन लागेपछि युवा जनशक्तिले समेत वैदेशिक रोजगारीको विकल्पमा टमाटर खेतीलाई लिन लागेका छन ।

कृषकलाई अनुदान 
कृषकहरुको पसिनाको कदर गर्दै रिब्दीकोट गाउँपालिकाले टमाटर उत्पादक किसनहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको वडा नं ७ मैनादीका कृषकहरुबाट उत्पादीत १ लाख ५ हजार ८ सय ३२ किलो टमाटर उत्पादन गरेबापत गाउँपालिकाले २ लाख २३ हजार ४ सय ४ रुपौयाँ अनुदान रकम वितरण गरेको हो ।

अनुदान रकम वितरण गर्दैै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले किसानको सहभागीतामा बृद्धि साथै कृषकको मनोबल बढाउन सहकारीमा संगठित भई कृषि पेशा अन्तर्गत टमाटर खेति गरेका कृषकको प्रोत्साहनको लागि अनुदान सहयोग गरेको बताउनुभयो ।
उहाँले यस वडालाई मासु र सुन्तलाको उत्पादनको वृद्धिको लागि पनि उत्पादनको आधारमा अनुदान वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषि अर्यालले बेरोजगार युवाहरुलाई कृषि पेशामा आर्कषण बढाउनुका साथै उनिहरुलाई प्रोत्सहान गर्न गाउँपालिकाले अनुदान कार्यक्रम ल्याएको बताउनुभयो । उत्पादीत वस्तुमा विषादी न्यूनिकरण गरि अर्गा्निक उत्पादनमा वृद्धि गर्दै रिब्दीकोटको समृद्धिमा सबैको साथ र सहयोग रहने उहाँको भनाई छ ।

६ वर्ष पहिले देखि टमाटर खेती गर्दै आएकी एकल महिला लिला कुवरले आफुले उत्पादन गरेको वस्तुको प्राप्त मुल्यको साथै गाउँपालिकाले दिएको अनुदानले आफुलाई थप कृषि कार्य गर्न हौसला मिलेको बताउनुभयो ।

मैनादी सहकारीकी कर्मचारी शुसिला कुवरले दिउँसो जागिरमा गए पनि साझ विहान घरको काम सँगै कृषि कार्य गरि उत्पादन गरेको टमाटरबाट पनि अनुदान प्राप्त गर्न पाउँदा ब्यवसायिक रुपमै टमाटर खेति गर्न पोत्सहान मिलेको बताउनुभयो ।

यस्तै कृषक लुम बहादुर कुवरले यस वर्ष आफुले करिब ८३ क्विनटल टमाटर विक्रि गरि एक सिजनमा मात्रै ३ लाख ८३ हजार बुझेको र यसबापत अनुदान स्वरुप १५ हजार ८ सय पच्चिस रकम पाएकोमा उक्त रकमबाट तरकारीको मल विउँ खरिद गरि अर्को सिजनको लागि तयारीमा रहन प्रेरणा मिलेको बताउनुभयो ।

वडामा रहेको मैनादी कृषि सहकारी संस्थाका १ सय १४ सदस्य कृषक मध्ये ४८ जना कृषकहरु टमाटर खेतिमा संलग्न रहेको सहकारीका अध्यक्ष बेन बहादुर पुनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्