नागढुङ्गा – नौबिसे सडकखण्ड मर्मत हुँदै,एकतर्फी मात्र सवारी सञ्चालन हुने



न्युज अफ नेपाल,काठमाडौँ ।

उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्ड र कलंकी,थानकोट खण्ड आज मर्मत हुँदैछ ।  सडक बिभागले एकतर्फी सवारी रोकेर सडक मर्मत गरिरहेको छ ।

आज बिहान ९ बजे देखि नै अहिले मर्मत भईरहेको छ ।  कलंकी – थानकोट सडकखण्ड मर्मत भईरहेको छ । उक्त क्षेत्रमा एकतर्फी सवारी चलिरेहका छन् । भने दिउसो १ बजेदेखि नागढुङ्गा – नौबिसे सडकखण्डमा मर्मत सुरु हुने भएकाले एकतर्फी सडक संचालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

साथै उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालनागरी सवारी व्यवस्थापन कार्यमा सहयोग गरिदिन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्