भारतको अर्थव्यवस्था अत्यन्त खराब स्थितिमा छ ः अभिजित



वासिङ्टन, (एजेन्सी)।अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार विजेतामध्येका एक भारतीयमूलका अभिजित बनर्जीले भारतीय अर्थव्यवस्था अत्यन्त खराब स्थितिमा रहेको बताएका छन्।
अभिजित बनर्जी उनकी पत्नी एस्टेर डफेलोसँग माइकल क्रमरलाई सन् २०१९ को अर्थशास्त्रको नोबेल सम्मान दिएको हो। बनर्जी र उनीकी पत्नी डफेलो दुवै अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रोफेसर हुन्।

नोबेल पुरस्कारको घोषणापछि एमआईटीमा बनर्जी आफ्नी पत्नीसँग पत्रकारहरूलाई जवाफ दिइरहेका थिए। यस क्रममा उसँग एक पत्रकारले भारतीय अर्थव्यवस्थालाई लिएर प्रश्न सोधेकोमा उनले अत्यन्त खराब स्थिति रहेको बताएका थिए।

बनर्जीले भारतमा जनतामा अभावग्रस्तताका कारण उपभोगमा कटौती भइरहेको बताए। जुन तरिकाले थप गिरावतको स्थिति जारी छ, त्यसलाई हेर्दा यसमा नियन्त्रण हुन नसक्ने देखिएको उनले बताए।

बनर्जी र डफेलोबीच सन् २०१५ मा विवाह भएको थियो। अभिजित बनर्जी भारतमा पनि कयौं अनुसन्धान परियोजनामा काम गरिरहेका छन्। उनले भने– ‘मेरो बुझाइमा भारतीय अर्थव्यवस्थाको स्थिति अत्यन्त खराब छ। ए

नएसएको आँकडा हेर्ने हो भने के थाहा हुन्छ भने, सन् २०१४–२०१५ र २०१७–१८ बीच शहरी तथा ग्रामीण भारतमा जनताले आफ्नो उपभोगमा भारी कटौती गरेका छन्। धेरै वर्षपछि यस्तो पहिलोपटक भएको हो। यो संकटको शुरूआत हो।

पत्रकारको अनुरोधमा अभिजित बनर्जीले प्रश्नको जवाफ आफ्नो मातृभाषा बांग्लामा पनि दिएका थिए। उनकी पत्नी डेफुला फ्रान्सकी हुन्। अभिजित बनर्जीले भारतमा डाटा संग्रहको तरिकामा भएको विवादित परिवर्तनमा पनि बोले। धेरैले भारत सरकार जीडीपी बृद्धी तथा राजस्व घाटाको जुन आंकडा देखाउँछ, त्यो वास्तविक आँकडा नभएको आरोप लगाउँछन्।

यस प्रकारको आरोप मोदी सरकारका आर्थिक सल्लाहकार रहेका अरबिन्द सुब्रमण्यमले पनि लगाइसकेका छन्। सरकारको आँकडामा कयौं प्रकारको आशंका रहेको बनर्जीले बताए।बनर्जी दम्पतीलाई गरिबी घटाउन उनीहरूले दिएको विचारका लागि नोबेल सम्मान गरिएको हो।

यसअघि अमत्र्य सेनलाई पनि गरीबी उन्मुलनको दिशामा काम गरेकोमा नोबेलबाट सम्मान गरिएको थियो।अमत्र्य सेनले ‘नोबेल सतितिले योपटक सबैभन्दा योग्य व्यक्तिहरू चयन गरेको’ प्रतिक्रिया दिएका छन्।

मोदी सरकारको आलोचना

बनर्जीले विभिन्न समयमा मोदी सरकारका नितिहरूको कडा आलोचना गरेका थिए। सार्थ उनले विपक्षी कांग्रेस पार्टीको मुख्य चुनावी अभियान न्याय योजनाको प्रारूप पनि तयार गरेका थिए। प्रधानमन्त्री मोदीले पनि उनलाई पुरस्कार जितेकोमा बधाई दिएका छन्।

मोदी सरकारको सबैभन्दा ठूलो आर्थिक जीर्ण नोटबन्दीको ठीक ५० दिनपछि फोर्ड फाउन्डेसन एमआईटीमा अर्थशास्त्रका प्रोफेसर बनर्जीले न्युज १८ लाई दिएको अन्तरवार्तामा भनेका थिए– ‘मैले यस फैसलाको पछाडि दिएका कुनै तर्कलाई बुझ्न सकेको छैन।

जस्तो २ हजार रुपियाँको नोट किन जारी गरिएको हो। मेरो विचारमा यो फैसला लिन जुन संकट अगाडि सारेको थियो, त्योभन्दा यो संकट धरै ठूलो हो।’अभिजित बनर्जीलाई नोबेल पुरस्कार दिने घोषणापछि अर्थशास्त्रीहरूले उनको योगदानलाई हार्भर्ड युनिभर्सिटीको ‘हार्ड वर्क’ कथिन परिश्रमलाई लिएर प्रतिक्रिया दिन थालेका छन्। कुनै बेला प्रधानमन्त्री मोदीले ‘हार्ड वर्ड हार्भर्डभन्दा धेरै शक्तिशाली हुन्छ’ भनेका थिए।

प्रतिक्रिया दिनुहोस्