ब्रेक्जिट प्राथमिकतामा



लन्डन, (एजेन्सी)।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा महारानी एलिजावेथको सम्बोधनमा आफ्नो सरकारको प्राथमिकता निर्धारित गर्दै बे्रक्जिट एजेन्डालाई सबैभन्दा उच्च स्थानमा राखेका छन्। महारानीको सम्बोधनमा २६ नयाँ विधेयक प्रस्तुत गरेकी छ्न्।

यसमा युरोपेली संघबाट बेलायत अलग हुने सम्झौतादेखि आपराधिक सजाय तथा पर्यावरणसँग सम्बन्धित विधेयक परेका छन्। सम्झौतालाई अझै अन्तिम रूप दिइएको छैन। युरोपेली संघका नेताहरूसँग यसै हप्ता हुने बैठकका लागि अत्यन्तै कम समयमात्र बाँकी रहेको अवस्थामा आकस्मिक चुनावको पनि पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्