सम्बन्ध विच्छेदको असर



नेपाली समाजमा सम्बन्ध विच्छेदलाई खासै राम्रो मानिँदैन। तर पनि हाम्रो समाजमा यो असाध्यै मौलाएको छ। अझ भन्नुपर्दा अहिलेको ऐन कानुनअनुसार पुरुषले पनि सम्बन्ध विच्छेद गर्नपाउने भन्ने व्यवस्था छ। यस्ता घटनाले साँच्चै हाम्रो समाज नै विसंगतितिर धकेलिएको छ।

व्यक्ति, परिवार राम्रो भयो भने समाज पनि राम्रो हुन्छ। एउटा व्यक्तिले पूरा समाज नै खलबलाउँछ। यदि गाउँको कुनै परिवारको मुख्य सदस्यले द्वन्द्व फैलाउँछ। श्रीमती छोराछोरीलाई दिनरात कुट्छ भने सामाजिक व्यवस्था पनि खलबलिन पुग्छ।

अर्कोतिर बालबालिकालाई नकारात्मक असर परेको हुन्छ। किनकि सम्बन्ध विच्छेदपछि बच्चा कि आमा वा बाबासँंग बस्दछ। उसले आमा वा बाबाको माया तथा साथबाट वञ्चित हुनुपर्छ। उनीहरूको भविष्य अन्धकारतिर जान्छ ?

पछिल्लो समयमा बालबालिका गलत बाटोतर्फ मोडिएका छन् कतिपय बालबालिका हिंसात्मक गतिविधिका शिकार भएका छन्। बालबालिका बेचविखन, बलात्कार, घरेलुु हिंसा, सडके बालबालिका बन्ने र अवैध धन्दा गर्ने भएका छन्।

यसले गर्दा भोलिका कर्णधार आज कुलतमा लागेको अवस्था छ। हामीले सुन्दै आएका र देख्दै आएका छौं– आमा–बाबाको काखबाट वञ्चित केटाकेटी नकारात्मक पाटोतर्फ गइरहेको।अब यस्ता घटना नदोहोरिनु भन्ने सन्देश गाउँ समाजमा पुर्याउनु पर्दछ। त्यस्तै, राज्यले पनि यससम्बन्धी कडा नियम बनाउनुपर्छ।

हरेक आमाबाबाले आफ्नो पारिवारिक वातावरण सुन्दर राम्रो बनाई बालबालिकाको भविष्य सकारात्मक बनाउनु आवश्यक छ। यसका साथै विवाह जस्तो पवित्र नातालाई बिग्रन दिनु राम्रो कार्य होइन।

करुणा उप्रेती, हेटौंडा।

प्रतिक्रिया दिनुहोस्