थिङको एक दशक कारागारमा



हेटौंडा, (नेस)।२०५९ असोज २७ गते दिउँसो करिब साढे ३ बजे मकवानपुरको साबिक इपापञ्चकन्या–५ (हाल भीमफेदी–८) मा वर्ष ४७ का बुद्धिबहादुर गोलेमाथि कुटपिट भयो। कुटपिटको चोटकै कारण कात्तिक ४ गते उनको मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न फरार भए। जिल्ला अदालत मकवानपुरले गत जेठ ३१ गते १० वर्ष कैद तोकेपछि फरार रहँदै आएका इपापञ्चकन्या–५ का करिब ४० वर्षीय जीतबहादुर थिङलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले पक्राउ गर्यो।

प्रहरी निरीक्षक रामबालक रायको कमान्डमा खटिएको टोलीले सोमबार दिउँसो करिब २ बजे भीमफेदी–८ बाट उनलाई पक्राउ गरेको हो। उनलाई मकवानपुर जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि मंगलबार कारागार कार्यालय भीमफेदी चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्