म्याद थपका लागि पूर्वसभामुख महरालाई अदालत पुर्‍याईयो



काठमाण्डौ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ ।

गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै आज म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याविनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको हो ।

प्रतिक्रिया दिनुहोस्