कोस्गेईले १६ वर्ष पुरानो कीर्तिमान तोडिन्



लन्डन, (एजेन्सी)।केन्याकी ब्रिगिड कोस्गेईले सिकागो म्याराथनमा महिला म्याराथनको १६ वर्ष पुरानो विश्व कीर्तिमान आइतबार तोडेकी छन्।कोस्गेईले २ घन्टा १४ मिनेट ४ सेकेन्डको नयाँ समय निर्धारित गर्दै ब्रिटेनकी पउला राडक्लिफको विश्व कीर्तिमानलाई छायामा पारिन्।

राडक्लिफले सन् २००३ मा सम्पन्न लन्डन म्याराथनमा २ घन्टा १५ मिनेट २५ सेकन्डको विश्व कीर्तिमान रचेकी थिइन्। १६ वर्षसम्म चलेको सो लामो कीर्तिमानलाई कोस्गेईले ८१ सेकेन्डले पछि पारेकी थिइन्।

सो म्याराथनमा इथियोपियाकी अडाबेल यसानेह विजेताभन्दा ६ मिनेट ४७ सेकेन्डले पछाडि रहँदै दोस्रो भइन्।अघिल्लो वर्ष उपाधि जित्न २ घन्टा १८ मिनेट ३५ सेकेन्डको समय लिएकी कोस्गेईले बताइन्– ‘मैले राम्रो र खुसी महसुस गरेकी छु। किनभने मैले यसरी दौडने अपेक्षा गरेकी थिएनँ।’

पूर्वविश्व च्याम्पियन राडक्लिफले ब्रिगिडको तारिफ गर्दै बताइन्– ‘जब मैले ब्रिगिड छिटो दौडेकी देखें मलाई लाग्यो कीर्तिमान पक्कै तोडिनेछ।’

प्रतिक्रिया दिनुहोस्