अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता : बेलायती महारानी



लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गर्नुभएको छ । उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ ।

कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसदलाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका यूरोपेली संघ ९इयू० बाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट०, फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गर्नुभयो ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भएपनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री टरिजा मे र जोनसनले गरेका प्रस्ताव बेलायती संसदमा अनुमोदन हुन सकेका छैनन् ।

“मेरो सरकारले संयुक्त अधिराज्यलाई इयूबाट अक्टोबर ३१ मा नै बर्हिगमन गराउनका लागि सधैँ उच्च प्राथमिकता राखेको छ,” त्रियानब्बे महारानी एलिजावेथले भब्य तथा शानदार गद्दीबाट सरकारी अधिकारीहरूले तयार पारेका शब्दहरूद्वारा संसदमा सम्बोधनका क्रममा बताउनुभयो ।

“मेरो सरकारले यूरोपेली संघसँग भविष्यका लागि स्वतन्त्र व्यापार र मैत्रीपूर्ण नयाँ साझेदारीका कार्यहरू गर्न चाहिरहेको छ,” उहाँले भन्नुभयो ।

इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानून अनुकुल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन् ।

बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आउनुभएको छ ।

यदि जोनसनले इयूसँग आगामी बिहीबार सम्झौता गर्न सफल नभएमा सम्झौताहीन अवस्थामा बहिर्गमन भएर राजनीतिक सङ्कट आउन नदिनभन्दा थप केही समयका लागि प्रक्रियालाई लम्ब्याउने अनुमति लिनुहुने अनुमान विश्लेषकहरूले गरेका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्