७ बिद्यालयलाई एकैसाथ भवन हस्तान्तरण



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

भूकम्पमा ध्वस्त जिल्लाका विभिन्न ७ बिद्यालयले सुविधासम्पन्न नयाँ भवन पाएका छन् । बाह्रविसे नगरपालिकास्थित साविक गाती गाउँ विकास समितिका ८ बिद्यालयले नयाँ भवन पाएका हुन् ।

गातीस्थित कालीदेवी माध्यमिक बिद्यालय परिसरमा आइतबार एक समारोहबीच दाताले ७ बिद्यालयलाई एकैसाथ नयाँ भवनका साँचो हस्तान्तरण गरेको छ । एक बाल बिकास केन्द्रको भवनससिहत ७ वटा बिद्यालयलाई नवनिर्मित भवनको साँचो प्रदान गरियो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाललाई साक्षी राख्दै नमस्ते नेपालले भवन हस्तान्तरण गरेको हो । बाह्रविसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिनले वडाध्यक्षहरुलाई भवनको साँचो हस्तान्तरण गरेपछि वडाध्यक्षहरुले सम्बन्धित बिद्यालयका अध्यक्ष र प्रअलाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

नमस्ते नेपाल, फ्राईबर्ग जर्मनी,नमस्ते नेपाल जर्मनी,बाटो नेपाल जर्मनी र गोटीएस हल्याण्डको आर्थिक सहयोगमा ७ विद्यालय भवन र एक बाल बिकास केन्द्र निर्माण भएको स्थानीय अगुवा रामदाश श्रेष्ठले बताउनुभयो ।

जर्मनमा बिद्यार्थीहरुले आफ्नो अध्ययन खर्चबाट केहि रकम बचत गरेर गातीमा बिद्यालय भवन बनाइदिएको स्थानीय अगुवा सुप्पा श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्