लहान २० का वडाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिन पत्राचार



सुभेन्द्र दास, लहान ।

लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीको नाममा जिल्ला अदालत सिरहाबाट पक्राउ अनुमति ईलाका प्रहरी कार्यालय लहानमा पत्रका आएको खुलासा भएको छ ।

ईलाका प्रहरी कार्यालय लहानले असोज २ गते वडाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिन जिल्ला समन्वय समिति सिरहा, लहान नगरपालिका र लहान नगरपालिका २० नम्बर वडा कार्यालय जानकारी गराएको छ ।

यता, लहान नगरपालिकाले सो पत्र असोज १३ गते बुझिएको जानकारीमा आएको छ ।

वडाध्यक्ष चौधरीले ०७५ कात्तिक ११ गते बेलुका ५ बजेतीर लहान २० स्थित रहेको हनुमान मन्दिर तोडफोड र मन्दिरका दलित पुजारी श्रीप्रसाद महाराजलाई जातीय भेदभाव गरेको आरोप छ । सोही अनुरुप वडाध्यक्ष चौधरीमाथी धर्म सम्बन्धि कसुर र जातीय भेदभाव गरेको कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय लहानले दशैं विदा भएको र निजलाई नियन्त्रणको लागि स्थानीयतहलाई जानकारी गराइसकेको दावी गरेको छ । लहान नगरपालिकाका प्रशासकीय अधिकृत गिरिराज ज्ञवालीले ‘यस्तो गम्भिर मुद्दामा वडाध्यक्षलाई निलम्बन गर्ने काम यहाँका जनप्रतिनिधिहरु र राजनीतिक दलले प्रक्रिया पुरयाउँने हो ।’

यता, वडाध्यक्ष चौधरीले भने ‘सरकारी वकिलमा मुद्दा गइसकेको छ ।’ ‘प्रहरीको यसमा कुनै सरोकारको विषय नै भएन । ‘अदालतले जे निर्णय गर्छ, त्यसलाई मानेर जाने हो ।’

प्रतिक्रिया दिनुहोस्