रिपब्लिकनद्वारा ट्रम्प राष्ट्रपति चुनाव जित्नुमा रुसको मद्दत रहेको स्वीकार



Mandatory Credit: Photo by Rob Latour/REX/Shutterstock (9916487y) Robert De Niro Carousel of Hope Ball, VIP Reception, Los Angeles, USA – 06 Oct 2018

वासिङगटन, (एजेन्सी)।रिपब्लिकन पार्टीको एक जाँचमा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले डोनाल्ड ट्रम्पलाई मद्दत गरेको स्वीकार गरिएको छ। उक्त प्रतिवेदन अमेरिकाको सिनेटमा प्रस्तुत गरिसकेको छ।

ट्रम्प आफैं रिपब्लिकन पार्टीका हुन्। यसअघि ह्वाइट हाउसले उक्त चुनावमा ट्रम्पलाई रुसबाट कुनै प्रकारको सहयोग नभएको दाबी गरेको थियो।

सिनेट इन्टेलिजेन्स कमिटीले सन् २०१६ इलेक्सन इन्भेस्टिगेसन रिपोर्टमा रुसको सेन्ट पिटस्वर्गस्थित इन्टरनेट रिसर्च एजेन्सी (आईआरए) ले सामाजिक सञ्जालमा अभियान चलाएको उल्लेख गरिएको छ।

यो अभियान रुसले मनपराएको उम्मेदवारका लागि चलाइएको थियो। यस अभियानले राष्ट्रपति चुनावमा जित्ने सम्भावना राखेकी डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टनलाई नोक्सान पुग्यो।

रुसी राष्ट्रपति भवन क्रेमलिनको आदेशमा रुसी एजेन्सीले ट्रम्पका लागि समर्थक बनाउने कार्य गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

आईआरएले सन् २०१६ चुनावमा रिपब्लिकन उम्मेद्वार रहेका ट्रम्पलाई आप्mनो सामाजिक सञ्जाल गतिविधिमार्फत व्यापक समर्थन दिलाएको प्रतिवेदनमा उल्लेख छ।

रिपब्लिकन सिनेटर रिचर्ड बरको नेतृत्वमा उक्त छानबिन भएको हो। ट्रम्पलगातार राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आक्षेपलाई अस्वीकार गर्र्दै आइरहेको छ। उनले यस प्रकारको समाचारलाई झुठो खबरको संज्ञा दिने गरका ेछ।

ट्रम्प र उनका रिपब्लिकन साथी एक अप्रमाणित सिद्धान्त लिएर आइरहेका छन्। यसमा डेमोक्र्याटसले युक्रेनसँग मिलेर २०१६ चुनावमा ट्रम्पलाई प्रभावित गर्ने योजना बनाएको थियो।

सिनेटको इन्टेलिजेन्स कमिटीको प्रतिवेदनमा सन् २०२० को चुनावमा पनि रुसको हस्तक्षेपकारी भूमिका हुन सक्ने चेतावनी दिइएको छ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले गत सेप्टेम्बरमा ट्रम्प विरुद्ध महाअभियोगको प्रक्रिया अगाडि बढाउने बताएकी थिइन्।

ट्रम्पमाथि डेमोक्र्याटिक नेता जोय बाइडेन र उनका छोरा हन्टर विरुद्ध भ्रष्टाचार मुद्दाको जाँचका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीमाथि दवाव दिएको आरोप लगाइएको छ।

राष्टपति ट्रम्पकै एक सहयोगी तथा ह्विसलब्लोअरले यस मुद्दामा उजुरी दिएका थिए। यद्यपि ट्रम्पले जेलेन्सीसँगको फोनवार्ताको विवरण दिन तयार रहेको बताइसकेको छ।

प्रतिक्रिया दिनुहोस्