कार्यक्रमबाट २० लाखको अक्षयकोष



पर्वत जिल्लाका कलाकारको साझा संगठन पर्वत कलाकार समाज नेपालले राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पर्वतका कलाकारहरू विमलराज क्षत्री, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, अमृत क्षत्री, कृष्ण समीप सुवेदी, याम क्षत्री, प्रह्लाद सुवेदीलगायत काठमाडांै तथा मोफसलमा रहेका पर्वते कलाकारले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए भने लोक गायिकाहरू शर्मिला गुरुङ र देवी घर्तीको पनि प्रस्तुति रहेको थियो।

कार्यक्रममा समाजका अध्यक्ष कस्तुप पन्तले कार्यक्रमले पर्वतका कलाकारलाई संसारभर रहने नेपालीमाझ परिचित गराउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रमबाट २० लाख रुपियाँको अक्षयकोष स्थापना गरिने जनाइएको छ। ‘अक्षयकोषको स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कसैलाई पनि दुःख पर्दा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्न लागिएको हो’, समाजका कोषाध्यक्ष कुमार केसीले भने– ‘त्योसँगै एकजुट भएका पर्वतेली कलाकारमा यस कार्यक्रमले अझै सामित्यता बढाएको अनुभूति गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्