दार्चुलामा वडा स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु



किरन धामी, दार्चुला ।

दार्चुला जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार भएको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशसभाका सदस्य गेल्बु सिंह बोहरा र महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले रिवन काटेर उद्घाटन गर्नु भएको छ ।

सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिता महाकाली नगरपालिका वडा नम्बर ९ को सकार खेल मैदानमा संचालन भैइरहेको छ । वडा स्तरीय टी–ट्वान्टी क्रिकेट (एमपिएल) प्रतियोगिता दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदीप युवा क्लवको संयुक्त आयोजनामा संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।

(एमपिएल) प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ राखिएको छ, भने प्रतियोगिताको द्धितिय पुरुस्कार ४४ हजार ४ सय ४४ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ६ हजार ५ सय नगद पुरस्कार रहेको अध्यक्ष धामीले बताउनुभयो ।
यस्तै उत्कृष्ट वेट्समेन, वलर, र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने उहाको भनाई छ ।

(एमपिएल) कार्तिक ५ गते सम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई खेल अवधिभर रोमाञ्चक बनाउन तथा दर्शकका लागि विशेष खेलहरु जसअन्तर्गत फोटोबुट प्रतियोगिता राखिएको छ । फोटोबुट प्रतियोगिताको विजेताले नगद रु ३ हजार प्राप्त गर्ने उहाले बताउनुभयो । खेल नकआउट चरणमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक शान्तिदिप युवा क्लव (बी) भर्सेज किम्तडीका बिच भएको खेलमा किम्तडी ५८ रनले पराजित भएको छ । खेलमा ब्याटिङ्ग गरेको आयोजक शान्तिदिप युवा क्लव (बी) ले १५ ओभरमा ८ विकेट गुमाउदै १८३ रनको लक्ष्य पेश गरेको थियो ।

आयोजक शान्तिदिप युवा क्लव (बी) का ब्याट्समेन हिक्मत धामीले प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका छन् । उनले खेल अवधिभर १०५ रन बनाएका थिए । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्