४८ घण्टा सिमा नाका सील हुने



किरन धामी, दार्चुला ।

भारतको पिथौरागढ जिल्लासंग जोडिएका दार्चुला जिल्लाका सिमा नाकामा दुई दिन सील हुने भएका छन् ।

भारतको त्रिस्तरीय पञ्चायत सामान्य निर्वाचन २०१९ अन्र्तगत असोज २९ गते (अक्टुबर १६ तारिख)का दिन तृतिय चरणमा भारतको धारचुला, मुनस्यारी तथा डीडीहाटमा हुने चुनावलाई मध्यनजर गरी भारतसंग जोडिएका दार्चुलाका सबै सिमा नाकाहरु ४८ घण्टाका लागी सील गर्न भारतिय प्रशासनबाट नेपाली प्रशासनलाई पत्राचार भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

असोज २७ गते साँझ ५ बजेदेखी असोज २९ गते साँझ ५ बजेसम्म ४८ घण्टाका लागी सबै सिमा नाकाहरु सील गरिने उहाले बताउनुभयो । दार्चुलाका भारतसंग जोडिएका लाली, जौलजिवी, दत्तु, तिगरम र जिल्ला सदरमुकाम खलंगामा रहेका पुलहरु ४८ घण्टाका लागी पुर्णरुपमा बन्द रहने उहाले बताउनुभयो ।

चुनावको लागि सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै सिमा नाकाहरु सील गर्न भारतिय प्रशासनले नेपाली प्रशासनलाई पत्र पठाई सकेको छ । सील गरिएका नाकाहरु आकस्मिक रुपमा खेल्नु परेमा दुवै पक्षको समन्वयमा खोल्न सकिने उहाले बताउनुभयो ।

ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य र जिल्ला पञ्चायत सदस्यका लागी पिथौरागढ जिल्लाको धारचुला, मुनस्यारी तथा डीडीहाटमा असोज २९ गते चुनाव भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्