जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ



न्युज अफ नेपाल, सुनसरी ।

इटहरीमा रहेको सिटी गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन्।
उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ।

सिटि गेष्ट हाउसभित्र तास खेल्दै गर्दा पक्राउ पर्नेमा इटहरी–९ घर घएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।

उनीहरुको साथबाट नगद तीन लाख ६५ हजार ३६० समेत बरामद गरेको छ। इटहरीको त्यस क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्