बसको ठक्करबाट ६५ वर्षीया वृद्धाको मृत्यु



न्युज अफ नेपाल, वालिङ

बसको ठक्करबाट बुधबार दिउँसो स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको भिरकोट नगरपालिका– ३ देउराली बस्ने ६५ वर्षीया फूलमाया सार्की रहेको प्रहरीले बताएको छ ।

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७६६४ नंको बसको ठक्करले वालिङ नगरपालिका– १ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा फूलमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको हो ।

बसको ठक्करबाट घाइते भएकी सार्कीलाई उपचारका लागि ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु¥याएपछि चिकित्सकले दिउँसो साँढे तीन बजे मृत घोषणा गरेका थिए ।

बस चालक गल्याङ नगरपालिका– ११ का ३० वर्षीय नेत्रलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्