राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौँ ।

चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी असोज २५ गते (अक्टोबर १२) काठमाडौँ उत्रनेछन् । राष्ट्रपति सीको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण हुने जनाइएको छ ।

उनले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्