प्रहरीले हराएको २ लाखको गरगहना फेला पार्यो



न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

आइतवार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, १ वटा तिलरी, १ वटा सिक्री गरि करिव २ लाख बराबरको गरहगना हराएको गिरीले जिल्ला प्रहरी गुल्मीमा जानकारी गराएका थिए । प्रहरी निरिक्षक चुरामणी पुन सहितको टोलीले गिरी सवार गाडी बा ३ ख ८१३३ नम्बरको गाडीमा फेला पारेर सम्बन्धीत व्यक्तिलाई नै बुझाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए । प्रहरीले फेला पारेको गरगहना हराएको व्यक्तिको रोहवरमा हस्तातरण गरिएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।

गुल्मीमा चोरी आतंक हल्ला मात्रै जिल्लामा केहि दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना हल्ला मात्रै भएको पुस्टी भएको छ । जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हल्लाले आम नागरिक निकै त्रसित भइरहेको बेला जिल्ला प्रशासन कार्यालय गुल्मीले घटना निराधार हल्ला मात्रै भएको जनाएको छ ।

दशैं नजिकिएसँगै बिभिन्न स्थानबाट आफनो गनतव्य तर्फ पुग्न फर्किने क्रम पनि वढेको छ । यो बेला जिल्लामा चलेको चोरी हल्लाले पर्वमनाउन आउनेहरुलाई समेत चोरी घटनाको हल्लाले चिन्तित बनाइरहेको छ ।

चोरी हल्लाले गाउँमा नयाँ अपरिचित मानिस देख्नसाथ संका गर्ने र त्रसित हुनेसम्मको अवस्था सृजना भएको छ । तर जिल्ला प्रशासन कार्यालय गुल्मीले अपिल जारी गर्दै जिल्लाका बिभिन्न स्थानीय तहका टोलहरुमा रातको समयमा चोरीको बिगविगी आएको होहल्ला मात्रै भएको जनाएको थियो । चोरी घटनाप्रति प्राप्त सूचना एवं तथ्याका आधारमा सुक्ष्म विश्लेषण समेत गरिएको थियो । हल्लामा आएजस्तो चोरीको यथार्थता नभएको पुष्टी भैसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाइएको छ ।

त्यसैले आम नागरिकहरु निर्वाध रुपमा विना रोकतोक आफ्ना गतिविधि संचालन गरी दशैं लगायतका राष्ट्रिय चाडपर्व मनाउन आग्रह गरिएको छ । यस्ता किसिमका आधार र प्रमाण विनाका भ्रामक हो हल्लामा नलागी तथ्य बिनाका सूचनालाई निरुत्साहित गर्न राजनितिक दल, नागरिक समाज, सामाजिक संघ संस्था, पत्रकार, जगत एवं आम जनसमुदायलाई अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्