टेस्ट क्रिकेटमा भारतद्वारा दक्षिण अफ्रिका २०३ रनले पराजित 



Ajinkya Rahane (R) of India hits 4 as Shai Hope (L) of West Indies jump during day 3 of the 1st Test between West Indies and India at Vivian Richards Cricket Stadium in North Sound, Antigua and Barbuda, on August 24, 2019. (Photo by Randy Brooks / AFP)

विशाखापटनम ।

भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ ।

जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए ।

तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए ।

यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्