विभिन्न स्थानबाट ४ लाख चोरी



न्युज अफ नेपाल, काठमाडौं

कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर डेरा गरी बस्ने सिराहा भगवानपुर गाउँपालिका–५ घर भएका गणेशचन्द्र लालको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब ३ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट डेरा गरी बस्ने रुपन्देही घर भएका भिम बहादुर ठकुरीको कोठाबाट नगद, सुनका गरगहना तथा मोबाइल समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्