दशैं बिदामा सिटिजन्स बैंक खुल्ने



काठमाडौं, नेस ।

सिटिजन्स बैंक इन्टरनेसनलले दशैंको बिदाका दिनमा पनि नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ। बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ।

बैंकले विजया दशमीको दिन (असोज २१ गते ) काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ। उल्लेखित शाखाबाट सेवाग्राहीले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद काउन्टरको सेवा लिन सक्नेछन्।सिटिजन्स बैंक इन्टरनेसनलले ८४ वटा शाखा, ८० वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ एकाईबाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्