छोराको पप्पीमा आशा !



प्रकाश तिवारीको उपन्यास ‘निहारिका’ अलग स्वादको मौलिक उपन्यास हो। दलित समुदायले भोग्नुपरेको पीडा र संघर्षको गाथाले भरिएको उपन्यासको कथानकमा मानसरोवरदेखि अरबसागरसम्मको सिंगो भूगोल समेटिएको छ। ब्राह्मरण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको आदर्श प्रेम, अन्तर्जातीय विवाह, उनीहरूमाथिको पारिवारिक एवं सामाजिक उत्पीडन अनि त्यसविरुद्धको विद्रोहको मसाल उपन्यासमा प्रज्वलित छ।

कतै शारदा र मोहनको प्रेम र रोमान्सको संवेग त कतै सुनैनाको अतृप्त यौन आवेग। कतै जीवन दर्शन त कतै विचारको सुगठित मन्थन। रसात्मक र लयात्मक वाक्य। पर्यटकीयस्थल घलेगाउँ, बन्दीपुर, सराङ्कोट र गोवाको समुद्री लहरसँगै सुसाउने प्रेमकथा। अझै ज्यूँदै रहेको ब्राह्मरणवादी अहम्, शक्ति पूजाको नेपाली संस्कृति, झर्रो–आञ्चलिक भाषा, दलहरूप्रति मोहभंग हुँदै गरेको नेपाली मानसिकताको सजीव चित्रणले उपन्यासलाई कौतुहलपूर्ण बनाएको पाइन्छ।
कल्पनाशीलताको बेजोड उडान र चामत्कारिक–काव्यात्मक भाषाशैलीको रसास्वादन गर्न चाहने सबैका लागि निहारिका पठनीय र संग्रहणीय छ।
‘छोराको पप्पी र मेरोे पप्पीमा कुन मीठो ?’

‘दुवै मीठा तर स्वाद अलगअलग ! छोराको पप्पीमा आशा ! तिम्रो पप्पीमा नशा !
‘हेर त जाताततै सम्भ्रान्त फूलहरू मुस्कुराइरहेका ! खै त यहाँ हामीले द्यौरालीमा चढाउँदै आएको पाती ? मालीको नजरमा के गुलाफ, के पाती ? ए माली ! तँ किन यति विभेदकारी ? किन लगाइनस् तैंले बगैंचामा हरियो पाती ?’

प्रतिक्रिया दिनुहोस्