जेष्ठ नागरिक अनुभव र प्रेरणाका स्रोत



नेपाल समाचारपत्र,पर्वत।जिल्लाको फलेवास नगरपालिकाले ९७ वर्ष उमेर पुगेका दुई जेष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ।

फलेवास नगरपालिकाले नगरपालिक–६ देवीस्थानका ९७ वर्षीय रत्नबहादुर थापा र फलेवास नगरपालिका–८ ठानामौला घर भई फलेवास नगरपालिका–४ धारापानीमा छोरीसँग बस्दै आउनुभएकी ९७ वर्षीय टीकाकुमारी कँुवरलाई सम्मानित गरेको हो।

नगरपालिकाले प्रतिव्यक्ति १० हजार नगद र दोसल्लासहित सम्मानपत्रले सम्मान गरेको छ। वृद्धहरूलाई औषधी उपचारमा थोरै भए पनि सहयोग पुगोस् भनेर नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।नगरपालिकाले हरेक वर्ष २ जना जेष्ठ नागरिकलाई समान गर्दै आएको नगर प्रमुख पदमपाणि शर्माले बताउनुभयो।

‘हामीले धेरै जनालाई भन्दा पनि दुईजना जेष्ठ नागरिकलाई नगदसहित सम्मान गर्ने परम्परा थालेका हौ,’मेयर शर्माले भन्नुभया– ‘जेष्ठ नारगरिक अनुभव र प्रेरणाका स्रोत हुने भएकाले उहाँहरूको स्याहार र संरक्षण गर्नुपर्नेमा जोड दिन सांकेतिक हिसाबले सम्मान गरिएको हो।’

फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद सापकोटा, योजना व्यवस्थापक देवीप्रसाद तिमिल्सेना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विष्णु शर्मा चपाईं नेकपाका फलेबास कमिटीका अध्यक्ष पीताम्वर शर्मालगायतले जेष्ठ नागरिकलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश जाने धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्