४० वर्षपछि नवदुर्गा नाच ब्युतिँदै



b’uf{ gfr Uff]bfj/L gu/kflnsf– !@ 7]rf]l:yt gjb’uf{ ejfgL u’7Ln] laxLaf/ k|bz{g u/]sf] b’uf{ gfr . ;f] gfr sf]hfu|t k”l0f{dfsf] lbg kf6g ;+u|xfnosf] d”n rf]sdf gflrG5 eg] o; gfrnfO{ :yfgLo efiffdf uy’MKofFv elgG5 . tl:a/ M gjLg kf}8]n, /f;;

सुनील महर्जन, ललितपुर।झन्डै ४० वर्षदेखि रोकिएको नवदुर्गा नाच (गथु प्याखँ) यस वर्ष पुनः सञ्चालन हुने भएको छ।मंगलबजारस्थित पाटन दरबार क्षेत्र नजिक पट्को टोलको ऐतिहासिक डबलीमा प्रत्येक वर्ष विजया दशमीको राति सो नाच देखाइने परम्परा रहेको छ।

सोही परम्पराअनुरूप यही असोज २१ गते मंगलबार राति सो नाच देखाइने भएको छ।नाच चलाउन विषयमा पट्को टोल सुधार समितिले गुठीयारसँग पटक–पटक छलफल गरेपछि नाच पुनः सञ्चालन गर्ने निर्णय गरेको समितिका अध्यक्ष वदन शर्मा राजोपाध्यायले जानकारी दिनुभयो।

परम्पराका सम्बन्धमा छलफल गर्दै जाँदा सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि नाच सञ्चालन गर्ने निर्णय गरिएको पट्को टोलका स्थानीयबासी दिलेन्द्र श्रेष्ठले बताउनुभयो।

४० वर्षदेखि रोकिएको नाच सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै ललितपुर महानगरपालिकाका सल्लाहकारसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो– ‘यसले ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगरीका रूपमा विकास गर्न ठूलो टेवा पु¥याउनेछ।’

ललितपुर महानगरपालिका–१६ को आयोजनामा सो नाच यसपटक सञ्चालन हुन लागेको हो। नाचका लागि आवश्यक बजेट विनियोजन, सुरक्षा प्रबन्ध, स्वयंसेवकलगायत आवश्यक प्रबन्ध व्यवस्था मिलाउने जिम्मेवारी आफूले लिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो।

‘संस्कृति संरक्षणका सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावनाअनुरूप वडाले जिम्मेवारी लिएको हो।’ –वडाध्यक्ष शाक्यले भन्नुभयो।

सो नाच रकम र सरोकारवालाबीच समन्वयको अभावले रोकिएको थियो। लामो समयदेखि रोकिएको यस नाच पुनः सञ्चालन गर्न गुठियारहरू, संस्कृति तथा सम्पदाप्रेमीलगायत सरोकारवाला सबैले लामो समयदेखि प्रयास गर्दै आएको थियो। यस अवस्थामा गत वर्ष सोही वडाको पट्को टोल सुधार समितिले सरोकारवालासँग छलफल गरेको थियो।

सो अवसरमा आफूले प्रतिबद्धता व्यक्त गरेबमोजिम गुठियार, सरोकारवाला सबैसँग समन्वय गरेर नाच सञ्चालन गर्न लागेको वडाध्यक्ष शाक्यले जानकारी दिनुभयो।

सम्बन्धित गुठियार, सञ्चार क्षेत्र, समिति एवं सम्पूर्ण संस्कृति, सम्पदाप्रेमीको आकांक्षालाई मनन गर्दै वडाले ऐतिहासिक नाच देखाउने तयारी गरेको पनि वडाले जनाएको छ।

सो नाच १२ वर्षको एकचोटी वडा नं १६ मा अवस्थित इलाननीमा देखाउने परम्परा पनि रहेको छ। इलाननीमा देखाउने परम्परा हराएको पनि धेरै वर्ष भइसकेको जनाउँदै बुद्धिजीवी सुरेन्द्र्रगोविन्द जोशीले भन्नुभयो– ‘यसपटक पट्को टोलमा नाच देखाउन लागिएको रहेछ। निकै खुसी लाग्यो। इलाननीमा पनि नाच देखाउन परम्परालाई पुनः जीवन अब ढिलाइ गर्नुहुँदैन।

‘इलाननीको परम्पराबारे सामाजिक सञ्जालबाट थाहा पाए। यस विषयमा स्थानीय बूढापाका, इतिहास र परम्पराबारे जानकार व्यक्तिहरूसँंग सोधेर परम्परालाई ब्यँुताउने छौं।’ –वडाअध्यक्ष शाक्यले भन्नुभयो।

नाचलाई पुनर्जीवन दिने प्रयास

विजया दशमी, कोजाग्रत पूर्णिमा र त्यसको अघिल्लो दिन नवदुर्गा नाच पाटन दरबार क्षेत्रको मूल चोकमा देखाउने परम्परा रहेको छ। विजया दशमीको दिन नाच देखाउने परम्परा लोप भएको २० भइसकेको नवदुर्गा भवानी गुठीले जनाएको छ।

पाटन दरबार क्षेत्र मूल चोकमा पाँच वर्षदेखि रोकिएको नाच दुई वर्षअघि सञ्चालनमा आएको थियो। नाच सञ्चालनका लागि तीन वर्षअघि नेवाः पत्रकार राष्ट्रिय दबुको बृहत् सरोकारवालाको बैठक आयोजना गरेको थियो।

सो सरोकारवाला बैठकपछि गुठियारबीच आवश्यक समन्वय, सरकारी प्रशासनमा लबिङ गर्न ललितपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा यल सांस्कृतिक पर्व संरक्षण समिति गठन भएको थियो।

तत्कालीन समितिका अध्यक्ष सविन श्रेष्ठको अगुवाइमा गुठियारहरूसँग छलफल चलाउँदै आएको अवस्थामा २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो।

सोही समिति, नेवाः पत्रकार राष्ट्रिय दबु र सम्बन्धित गुठियारको प्रयास र ललितपुर महानगरपालिकाको २ लाख रुपियाँको सहयोगमा दुई वर्षदेखि नवदुर्गा नाच पुनः सञ्चालन भएको थियो।

परम्परालाई पुनर्जीवन दिनका लागि रकम व्यवस्थापन दिगो बनाउनुपर्ने सरोकारवालाहरू बताउँछन्। रकम व्यवस्थापन दिगो नभएसम्म नाच सञ्चालनको निरन्तरता सधैं शंका भइरहने सरोकारवालाको भनाइ रहेको छ।

दुई वर्षदेखि नवदुर्गा नाच सञ्चालनमा आउनु सकारात्मक रहे पनि आवश्यक रकमको व्यवस्थापन दीगो तवरले नहुँदा स्थानीय गुठीयारहरू महानगरपालिकामा अहिले दौडधुप गर्नुपरिरहेको स्थिति रहेको छ।

‘प्रस्तावना पेस गरेर दिने तरिका नाच निरन्तरताका लागि दिगो स्रोत होइन। कार्यपालिका बैठकबाट पारित गराएर रातो पुस्तिकामा पर्याप्त रकम व्यवस्था गरेर वा अनुदान दिने व्यवस्थाले मात्र नाचको निरन्तरता सुनिश्चित हुने गर्दछ।

‘नाच सञ्चालनका लागि गुठियारहरूलाई सहजीकरण कार्यमा समेत संलग्न हुँदै आएका नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुर शाखाका सचिव राजेश बज्रचार्यले भन्नुभयो।

नवदुर्गा नाच सञ्चालन गर्ने क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जात्रा, पर्व सञ्चालनका लागि दरबन्दी पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ। ना

च सञ्चालनका लागि जम्माजम्मी ५ लाख रुपियाँ चाहिने नवदुर्गा भवानी गुठीका अध्यक्ष भक्त मालीले बताउनुभयो।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुवै नगरपालिकालाई सांस्कृतिकरूपमा जोड्ने नाच भएकाले यसको संरक्षणका लागि विशेष पहल गर्ने बताउनुभयो।

नवदुर्गा नाचको महत्व

देवी नाच नेपालको प्राचीन संस्कृतिको धरोहर हो। नेपालको प्रशिद्ध नाचमध्ये प्रत्येक १२ वर्षमा एकपटक नचाइने काठमाडौंको भद्रकाली खड्गी सिद्धि नाच, पचली भैरव, कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा र ललितपुर ठेचोको नवदुर्गा, हरिसिद्धिको हरिसिद्धि नाच र खोकनाको रुद्रायणी नाच प्रमुख हुन्।

तान्त्रिक विधिद्वारा सञ्चालन हुने यी नाच कुनै काल खण्डमा उपत्यकालाई संरक्षण गर्न शक्तिपीठका रूपमा खडा गरेको किंवदन्ती छ।

नवदुर्गा भवानी देवी मल्लकालीन समयमा उपत्यकालाई दक्षिणी भेगबाट हुन सक्ने सम्भावित आक्रमणबाट बचाउन शक्तिपीठका रूपमा स्थापना गरिएको मान्यता छ।

ठेचो गाउँ देवमाला वंशावलीमा ७ सय घर बस्ती बसाइ नवदुर्गा गण प्रतिस्थापन गरिएको भन्ने कुरा उल्लेख छ। अहिले फेला परेको पुरानो अभिलेखअनुसार ठेचो करिब १६ सय वर्ष पुरानो बस्ती भएको अनुमान गर्न सकिन्छ।

ठेचोमा प्रमुख जात्राका रूपमा नवदुर्गा नाचलाई लिँदै आएको छ। यो नाचको उचित संरक्षणको अभावमा लोप हुने क्रममा रहेका बेला यसले पुनर्जीवन पाउँदै गएको हो।

यसलाई संरक्षण गर्नु स्थानीय तहको मुख्य दायित्व रहेको अरनिको व्यावसायिक प्रवद्र्धन तथा सांस्कृतिक समाजका अध्यक्ष अजरमान जोशीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्