पोखरामा अन्तर्रास्ट्रिय क्रस कन्ट्री दौड हुने 



नेपाल समाचारपत्र, पोखरा ।नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटन प्रबर्दधन गर्ने लक्ष्यका साथ पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ।
असोज २९ गते हुने प्रतियोगितामा करिब ४० जना चिनियाँ धावकसहित विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित करिब ५० जना नेपाली धावक सहभागी हुने कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए।
प्रतियोगितामा ४२.२ किलोमिटरको दूरी हुनेछ। उक्त प्रतियोगितामा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दूरी निर्धारण गरिएको छ। नेपाली खेलाडीहरूमा शीर्ष तीन हुने टोलीका ९ जना खेलाडीलाई अन्तर्राष्ट्रिय माउन्टेन रेसमा सहभागिता गराइनेछ।
प्रतियोगिता पोखराको बाराहीघाटदेखि शुरू भई गौरीघाट, ड्यामसाइड, डेबिडफल्स, छोरेपाटन हुदै फुर्सेखोला, मट्टीखान, कुभिन्डे, पुम्दी भुम्दीको उल्लेरी लुकुन्स्वारा, शान्ति स्तुपा हुदै पुनः लिचिबोर्ट देखि पुनः बाराहीघाटमा पुगेर समापन हुने छ।

प्रतिक्रिया दिनुहोस्