‘युनाइटेड सिमेन्टस्को उपहार सररर कार’ योजना अन्तर्गतको लक्की ड्र सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं। युनाईटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘युनाइटेड सिमेन्टस्को उपहार सररर कार’ अन्तर्गतको लक्की ड्र कार्यक्रम असोज १४ गते सम्पन्न भएको छ।

गत वैशाखदेखि असारसम्म लागू गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो।

यस अनुसार कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन्।

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्रसहित २०७६ कात्र्तिक ३० गतेभित्र युनाइटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्नुपर्ने उद्योगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्