अमेरिकामा नेपाली चित्रकला



चित्रकार कुशल बस्ताकोटीले अमेरिकामा हालै एकल चित्रकला प्रदर्शनी गरेका छन्।अमेरिकाको डयालसमा भएको प्रदर्शनीमा सयौंले उनको चित्र अवलोकन गरेका थिए।

प्रदर्शनीमा चित्रकार बस्ताकोटीले बनाएका रंग र दृश्यसँग सम्बन्धित चित्रहरू प्रदर्शन गरिएको थियो। यसअघि उनले आफ्ना चित्रबाट तीन अवार्ड जितिसकेका छन्।

बस्ताकोटीले विभिन्न देशमा आफ्नो चित्रकलालाई प्रदर्शन गर्दै आएका छन्। अमेरिका बस्दै आएका उनका चित्रकलामा नेपालका दृश्यहरू समेटिन्छन्। उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्