सुरविन पटक–पटक कास्टिङ काउचको शिकार !



भारतीय टेलिभिजनपश्चात् वेब सिरिज तथा बलिउड फिल्ममार्फत नाम कमाएकी बलिउड नायिका सुरविन चावलाले आफूमाथि कास्टिङ काउच भएको खुलाएकी छिन्।

भारतीय अनलाइन जागरणका अनुसार उनले हालै आफूमाथि भएको कास्टिङ काउचबारे खुलाउँदै तीनपटक दक्षिण भारतीय सिनेमा उद्योग तथा दुईपटक बलिउड गरी पाँचपटक कास्टिङ काउचको शिकार हुन पुगेको बताएकी हुन्।

‘एक निर्देशक मेरो क्लिभेज तथा अर्का एक निर्देशक मेरो तिघ्रा हेर्न चाहन्थे। हामीबीच भाषाको समस्या भएका कारण उक्त निर्देशकले म्याम म तपाईंको शरीरको एक एक इन्च जान्न चाहन्छु भनेका थिए, जुन कुरा मलाई विश्वास भएन।

तर नियत ठीक नलागेपछि मैले उक्त निर्देशकको फिल्ममा काम नगर्ने निणर्य गरें।’ –उनले भनेकी छिन्। उनले आफूमाथि भारतको राष्ट्रिय फिल्म आवर्ड जितेका निर्देशकले समेत दुव्र्यवहार गर्ने मनसाय राखेको आरोप लाएकी छिन्।

‘तर उनीहरूको बहाना भने फिल्म नै हुन्थ्यो’, उनले भनेकी छिन्– ‘फिल्म हेट स्टोरी २ रिलिज हुने समयमा यही कारण आफू डिप्रेसनको शिकार भएको उनले बताएकी छिन्।

‘फिल्म क्षेत्र मैले सोचेको जस्तो सजिलो थिएन। तर म खुसी थिएँ कि तमाम समस्यालाई चिर्दै मैले फिल्ममा काम गर्न सफल भएको थिएँ।’

 

 

प्रतिक्रिया दिनुहोस्