भारतीय गाडीलाई नेपाल भित्र चलाउन रोक लगाईदै



यमलाल भुसाल, बुटवल ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले भारतीय मालवहाक गाडीलाई नेपालमा संचालनका लागि निरुत्साहित गर्ने गरि दवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचको मंगलवार बुटवलमा वसेको सातौ वैठक तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमले दुर्घटना न्यूनिकरण, सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्यन गराउने र ओभरलोडलाई नियन्त्रणका लागि दवाव मुलक कार्य संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा सीमावर्ति क्षेत्रमा रहेका वासिन्दाको दोहोरो नागरिकता भएकाहरुवाट भारतीय नम्बरका गाडी संचालन भएकाले सोको नियन्त्रणका लागि सरकार गम्भिर हुनु पर्ने औल्याईएको छ ।

भारतीय गाडीको ओभरलोडका कारण नेपालको सडक ध्वस्त भएको , नेपाली व्यवसायीको लगानी सुरक्षित हुन नसककोले दवाव मुलक अभियान संचालन गर्न वाध्य हुनु परेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले तौलपुल कार्यविधीलाई कडाईका साथ लागु गर्न जरुरी रहेको धारणा राख्नु भयोे ।

कार्यक्रममा प्रदेश पाँचका विष्णु खरेल, विष्णु प्रसाद न्यौपाने, प्रताव बहादुर कार्की , जितु भाट लगायतले नेपाली ट्रक व्यवसायीले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले गम्भिरतापुर्वक लिनु पर्ने धारणा राख्नु भएको थियो ।

दवाब मुलक कार्यक्रम संचालनका लागि यम प्रसाद पाण्डेको संयोजकत्वमा प्रताप बहादुर कार्की, नारायण थापा, लक्ष्मण भुसाल, रुमाखर गौतम, उमेश मजगैयाँ लक्ष्मण क्षत्री सदस्य रहेको समिति चयन गरिएको छ । त्यसैगरि प्रदेश समितिको सल्लाहकारमा स्वरोजगार मजदुरवाट भोला खाणँलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्