आत्माराम विजयी



काठमाडौं, (नेस)। नेपालका आत्माराम कार्कीले नेपाल आईटीएफ सिनियर्स वल्र्ड र्याकिङ टेनिस च्याम्पियनसिपको सर्किट–२ अन्तर्गत पुरुष सिंगल्स ३५ वर्षमाथि सोमबार जित हात पारेका छन्।

आत्मारामले भारतका इन्द्रकुमार सिंहलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धा भीष्मजंग गुरुङले भारतका रूपजित भरालीलाई ६–० र ६–२ तथा नेपालका कमलबहादुर भण्डारीले भारतक अनुज अरोरालाई ६–१ र ६–१ को सीधा सेटमा हराए।

पुरुष ५५ वर्षमाथि कमल थापाले भारतका सञ्जयकुमारलाई ६–३ र ३–१ (रिटायर्ड हर्ट) तथा नेपालका प्रदीपबहादुर शाहले भारतका दिलीप सिंहलाई ६–४ र ६–२ ले पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्