ब्याडमिन्टन खेलाडी छनोट शुरू



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल ब्याडमिन्टन संघले १३औं दक्षिण एसियाली खेलकुदका लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता शुरू गरेको छ। पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडी परिषद्बाट सञ्चालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए।

सोही प्रशिक्षणरत ३४ खेलाडीबाट १३औं सागका लागि १० पुरुष र १० महिला खेलाडीको छनोट गर्न लागिएको छनोट कार्यका संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए।

प्रतियोगिता लिगका आधारमा खेलाइएको समेत संयोजक शाहले बताए। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्