शिविरमा आगलागी



एथेन्स, (एजेन्सी)।ग्रिसको लेसवोस टापुस्थित क्षमताभन्दा बढी संख्यामा शरणार्थी राखिएको एउटा शिविरमा सोमबार आगलागी हुँदा कम्तीमा एक जनाको ज्यान गएको स्थानीय सरकारी अधिकारीहरूले सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।

तिनीहरूले मोरिया शिविरमा एक महिलाको जलेको शव भटिएको बताएका छन्। तर, एक अपुष्ट सूत्रले यस दुर्घटनामा एक बालकको पनि ज्यान गएको जनाएको छ।

अग्नि नियन्त्रकहरू ढिलो आइपुगेको भन्दै आक्रोशित भएर प्रदर्शनमा उत्रेका आप्रवासीको भीडलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्