अमेरिकामा नेपाली म्युजिक अवार्ड हुन



आगामी नोभेम्बर २३ मा अमेरिकाको न्युयोर्कमा पहिलोपटक आयोजना हुन लागेको वल्र्ड नेपाली म्युजिक अवार्ड–२०१९ को राजधानीमा आयोजित एक समारोहबीच उत्कृष्ट १० सूची सार्वजनिक गरिएको छ।

१८ विधाको अवार्डको मनोयनमा परेका संगीतकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले यो अवार्ड कार्यक्रमले नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ठूलो योगदान पुर्याउने चर्चा गरे।

उत्कृष्ट १० मा परेका संगीतकर्मीबाट निर्णायक र भोटिङको आधारमा दोस्रो चरणमा उत्कृष्ट–३ का लागि छनोट हुनेछन्। आयोजक वल्र्ड कनेक्सन यूएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गतेदेखि विश्वभरबाट भोटिङ खुला गरिनेछ।

उत्कृष्ट–३ मा पर्न सफल संगीतकर्मीलाई फाइनल अवार्ड समारोहमा सहभागी हुन अमेरिकाको भिसा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए।

फेदर क्रिएसन प्रालिको सहकार्यमा सम्पन्न हुने यो अवार्डका लागि गत २१ जुन २१ देखि ३० अगस्टसम्म संसारबाट ७ सय ८२ फर्म दर्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्