फेसन डिजाइनमा महेश्वरीनाथ प्रथम



इन्टरनेसल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका ६४ जना प्रशिक्षार्थी डिजाइनर आफैंले तयार गरेको फेसनमा सजिएर मोडलका रूपमा प्रतियोगितामा उत्रिएका छन्।

इन्टरनेसल ड्रेस टु इम्प्रेसन–२ फेसन डिजाइन प्रतियोगितामा आफ्नो डिजाइनबाट महेश्वरीनाथ योगी प्रथम भइन्। १२ फिटभन्दा लामो फ्लावर प्रिन्ट ह्वाइट गाउनको डिजाइनबाट उनी उत्कृष्ट भएकी हुन्।

उनले ट्रफीसँगै १५ हजार रुपियाँ र विभिन्न उपहार प्राप्त गरिन्। त्यसै गरी श्रेया पुन मगर फस्ट रनर्सअप हुँदै १० हजार रूपैयाँ र ट्रफी प्राप्त गरिन्।

त्यसै गरी उर्मिला तामाङले सेकेन्ड रनर्सअप हुँदै ८ हजार रुपियाँ र ट्रफी प्राप्त गरिन्। फेसन शोको कोरियोग्राफी विपना थापाले गरेकी थिइन्।

प्रतियोगितामा अभिनेता प्रशान्त ताम्राकार, गायिका मिलन नेवार, गायिका एवं नायिका विष्णु चेम्जोङ, बुटिक एसोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरहरू निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेसल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्