सभामुख महरामाथि जवर्जस्ती करणीको आरोप

संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको पुष्टी



न्युज अफ नेपाल, काठमाडौं।

संघीय संसद प्रतिनिधीसभाका सभामुख कृष्ण बहादुर महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आराेप लागेको छ । आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लागेको हो ।

मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको पुष्टी भएको छ।

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। स्नेहाले भनिन, ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरा सर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए। पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। तर उनले मानेनन्। कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले किन दुईवटा ग्लास ल्याएको आउ एउटैमा पिउँ।तर स्नेहाले एउटै गिलासमा रक्सी खान नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन।

करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले बताइन। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।

रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले भनिन, एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले।

अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ, उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेका थिए।

जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन्। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ।

त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन स्नेहाले भनिन, उ गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।

सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई हाई भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्।

आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले बताइन। आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन।

विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन।

घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे। उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए।

प्रतिक्रिया दिनुहोस्