कृषि विकास बैंक लाहान शाखाका कर्मचारी पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी रकम चोरी गरेको आशंकामा सिरहाको लाहान शाखाका कर्मचारी पक्राउ परेका छन् ।

बैंकले लहान शाखाका कर्मचारी सुनीलकुमार झाको गतिविधि शंकास्पद रहेको जनाएपछि महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरी अनुसन्धान थालेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट भएको भेटिएपछि पक्राउ गरेको पउहाँको भनाई छ । प्रहरीले बैंकको रकम चोरीको आरोपमा अहिलेसम्म १७ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्